२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

सभापति देउवाले पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको बताउनुभयो । उहाँले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सभापति देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशिल हुन जरुरी रहेको बताउनुभयो ।