
इलाम । इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसेको छ ।
दिउँसो ३ बजेको तथ्याङ्क अनुसार ६० हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । खसेको मत संख्याको आधारमा यो ५१ प्रतिशत हुन आउछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।
एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ । साझ ५ बजे सम्ममा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई जति समय लागे पनि मतदान गर्न दिइने निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फूयालले जानकारी दिनुभयो । कम मत खस्ने आकलन गरीएको थियो । तर अनुमान गरे भन्दा बढी मत खस्ने देखिएको छ । इलाम २ मा २०७९ को निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्