
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।
व्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले शनिवार काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
गौतम बुद्धले आध्यात्मिक चिन्तनकै आधारमा बुद्धत्व प्राप्त गरेको उल्लेख गर्दै मन्त्री चौधरीले हरेकले आध्यात्मिक चिन्तनमा केन्द्रित भएर अघि बढन सके प्रदुषित समाजलाई सकारात्मक बाटोमा अघि बढाउन सकिने बताउनुभयो । मन्त्री चौधरीले बालबालिकाहरुलाई कुलतमा फस्न नदिन पनि आध्यात्मिक चिन्तनले काम गर्ने बताउनुभयो ।
त्यस अवसरमा मन्त्री चौधरीले आध्यात्मिक बाटोबाट समाजलाई सकारात्मक बाटोमा अघि बढाउन पहल गरेको भन्दै व्रह्माकुमारी राजयोग सेवा केन्द्र्र्र्र्रप्रति पनि आभार व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्