१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन : अध्यक्ष साह


0
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच भएको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताउनुभएको हो । उहाँले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष साहले नेपालको दलतन्त्रको शासनप्रणाली परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले दलीय शासन प्रणाली नेपालका लागि राम्रो नहुने बताउनुभयो । उहाँले देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति रहेको भन्दै आफूहरुको आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्नेका लागि रहेको बताउनुभयो । उहाँले अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको जिकिर गर्नुभयो । उहाँले जनतालाई दबाउने, जनतालाई ठग्ने प्र्रणाली लोकतन्त्र हुन नसक्ने बताउनु भयो ।

अध्यक्ष साहले बेइमानी राजनीतिलाई इमान्दार बनाउने काममा आफू लागेको बताउनुभयो । उहाँले मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो दलले वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि चेतावनी दिनुभयो ।