
काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । त्यहाँ करिब ५८ प्रतिशत मतदान खसेको निर्वाचन आयोगले जनाएको छ । इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
यसैगरी बझाङ १ मा भएको निर्वाचनको मतगणना पनि आज बिहान ७ बजेबाट हुने भएको छ । बझाङमा भएको उपनिर्वाचनमा भने नेपाली कांग्रेसका अभिशेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, माओबादी केन्द्रबाट जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर कुमार खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्