
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहनुभएकी डा. शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।
त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लोगो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधार्ई दिनुभएको थियो । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा उँचाइमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
सांसद शाक्यले भन्नुभयो, ‘अब मेरो भुमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भुमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उँचाइमा पुर्याउनका लागि जे जस्ता काम पनि मैले वफादार भएर इमान्दारिताका साथ काम गर्नेछु । ’
एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्