२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


म्याग्दीको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति


3.926k
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा हाइभोल्टेज करेन्ट प्रवाहका कारण विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । पाँच जना घाइते भएका छन् ।

अन्नपूर्ण गाउँपालिका– ६ घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो ।

आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका घरहरुमा क्षति भएको छ । स्थानीय जितबहादुर बरुवाल (राम) को घर र पसल जलेर १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधी र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।

त्यसैगरी आगलागीका कारण पाँचओटा कुटानी पिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सर्ट हुनुको कारण पहिचान गर्न अध्ययन भइरहेको जनाएको छ ।