
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले ११७८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले ७३२४ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ६९०१ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १५१२ मतसहित चौथो स्थानमा सिमित छन् ।
यसैगरी बझाङ उपनिर्वाचनमा अहिले एमाले अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १०४११ मत पाएर अग्रता कायम गरेका छन् । यस्तै काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १०३९१ मत पाएर दाश्रो स्थानमा छन् ।
प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले ३७१३ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले २४४९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्