८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतको छत्तीसगढमा पिकअप भ्यान दुर्घटना, १० जनाको मृत्यु


208
Shares

एजेन्सी । भारतको छत्तीसगढमा पिकअप भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । छत्तीसगढको पाथरा गाउँमा पारिवारिक समारोह सकेर फर्कने क्रममा पिककप भ्यान रोकिराखेको ट्रकसंग ठोकिँदा दुर्घटना भएको हो ।

पिककप भ्यानमा ३० जना सवार थिए । दुर्घटना लगत्तै ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् ।