२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजार आज करिब स्थिर


156
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक करिब स्थिर रहेको छ ।

दिनभरको उतार चढावपछि अन्तिम समयमा नेप्से शून्य दशमलव ०७ अंकले बढेर १९८० को विन्दुमा रोकिएको हो ।

सोमबार पनि वित्त उपसमूह बढ्ने क्रम जारी रह्यो । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव १७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूह साढे १ प्रतिशत भन्दा बढीले बढेको छ । होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने आज घटेको छ ।

सोमबार पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर जलविद्युत कम्पनीको शेयर मूल्य भने सर्वाधिक ६ प्रतिशतले घटेको छ ।

आज ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा पोखरा फाइनान्सको सर्वाधिक १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।