१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी विदेशमन्त्री ब्लिंकेन साउदी अरबको भ्रमणमा


0
Shares

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन साउदी अरबको रियाद पुगेका छन् ।

हमास र इजरायलबीचको युद्ध उत्कर्षमा पुगेपछी मध्यपुर्वमा शान्ति स्थापनाको पहल गर्न उनी साउदी अरब पुग्नु भएको हो ।

भ्रमणकै क्रममा ब्लिंकेन साउदी अरबमा आयोजना हुने विश्व आर्थिक मञ्चको बिशेष बैठकमा सहभागी हुनु हुनेछ । साथै उनले साउदीका अधिकारीहरुसंग हमास र इजरायलबीच युद्धबिराम र बन्धकहरुको रिहाईका लागि छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

ब्लिंकेन साउदी अरबपछी जोर्डन र इजरायलको भ्रमणमा जानु हुनेछ । अमेरिकाका विभिन्न बिश्वबिद्यालयहरुमा प्यालेस्टाइन समर्थक आन्दोलन चर्केपछी अमेरिका दबावमा परेको छ ।

v