
काठमाडौं । केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो ।
केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ । सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् ।
सोमबार कन्सलटेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो । भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुशी लागिरहेको बताए । उनले आगामी टि २० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।
केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एशियामा भूटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन् । ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अस्टे«लिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरुमा पठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्