२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


युक्रेनको प्रसिद्ध भवनमा रुसी आक्रमण


0
Shares

एजेन्सी । युक्रेनको ओडिसा तटमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

‘ह्यारी पोर्टर क्यास्टल’ भनेर चिनिने पुरानो दरवार शैलीको एक भवनमा रुसले मिसाइल आक्रमण गरेको थियो । घटनामा ३२ जना घाइते भएका छन् ।

आक्रमणलगत्तै भवनमा भीषण आगलागी भएको थियो । युक्रेनको ओडेसामा रहेको उक्त भवनमा एउटा कानुन एकेडेमी रहेको थियो ।

युक्रनका पूर्व सांसद सर्ही किभालोभको स्वामित्वमा रहेको यो भवनलाई रुसी सेनाले विगत केही महिनादेखि निशाना बनाउँदै आएको थियो ।