
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाका बारेमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक माथि छलफल हुनेछ ।
त्यसैगरि बिहान साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्