काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिन पुग्नुभएका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग मंगलबार भएको भेटमा संयुक्त राष्ट्रसंघको सहयोग अपरिहर्य रहेको बताउनु भएको हो ।
मन्त्री यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण रहेकोमा पनि जोड दिँदै उहाँले संयुक्त राष्ट्रसंघको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको उहाँले जानकारी दिनुभएको थियो ।
महासचिव गुटरेसले स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसंघीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विकासका उपलब्धि जोगाउन सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

प्रतिक्रिया दिनुहोस्