२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अर्घाखाँचीको सूर्य गुफा प्रचारप्रसार नहुँदा ओझेलमा


273
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ पाव्रामा रहेको सूर्य गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ ।

पूर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही दिन महासमय शुक्त पाठ गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । बुद्धसँग सम्बन्धित रहेर यसको खोज र अनुसन्धानको क्रममा सूर्य गुफा भनेर चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताइएको छ ।

जर्मन, थाइल्याण्ड लगायतका देशहरुबाट समेत यस क्षेत्रमा खोज, अनुसन्धान गर्न पटक पटक आएको र गत वर्ष मात्र यसको पत्ता लागेको शितगंगा नगरपालिका उपप्रमुख गिता भाटले बताउनुभयो ।

कपिलवस्तुको सीमानजिकै पर्ने गुफा बाणगङ्गा क्षेत्रको पूर्वपश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जंगली एरियामा रहेको सडक संजालबाट त्यहाँ पुग्न सकिने शितगंगा नगरप्रमुख छविलाल पौडेलले बताउनुभयो ।

त्रिपिटकमा गरिएको व्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको जहाँ युगान्दर पर्वत, भागीरथी नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले व्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उहाँको भनाइ छ । अब यसको संरचना निर्माणमा लाग्ने नगरप्रमुख पौडेलले भनाइ छ ।