
काठमाडौं । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । के हामी परियोजनाले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकास गरी स्थायी पुनः एकीकरणको माध्यमबाट नेपालको सामाजिक, आर्थि विकासमा योगदान पु¥याउने उद्देश्यअनुरुप प्रथम पुनः एकीकरण तथा अभिमुखीकरण तालिम दिने भएको हो ।
कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले इपिएस कोरियामार्फत कोरियाले नेपालीहरुलाई उल्लेखनीय रोजगारी उपलब्ध गराएको बताउनुभयो । उहाँले यो कार्यक्रमले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता देखाएको बताउनुभयो । उहाँले नेपाल र कोरिया सरकारको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमले धेरै नेपालीहरुलाई सहयोग पुग्ने बताउनुभयो ।
उहाँले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीहरुलाई खुशी बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्