
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताउनुभएको हो ।
मन्त्री साहले जलवायु परिवर्तनको प्रभाव कृषि क्षैत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपद्बाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा अण्डा, मासु, दुध, दहीमा आत्मनिर्भर रहेको बताउनुभयो । उहाँले धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा सरकार रहेको पनि बताउनुभयो । उहाँले उत्पादन र बजारीकरणमा समस्या नहुने गरी नीति बनाउन जरुरी रहेको बताउनुभयो ।
मन्त्री साहले नेपालमा हावापानी सबै स्वस्थ रहेको र नेपालले प्रकृतिले दिएको उपहारको सदुपयोग गरी काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले सरकार र जनतासँग प्रत्यक्ष जोडिने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले आयात प्रतिष्थापन गर्ने र निर्यात प्रवद्र्धनको व्यवस्था दरोसँग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्याजमा नेपाल आफैँ आत्मनिर्भर बन्नेगरी उत्पादन गर्न जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री साहले तीन सरकारको समन्वय गरेर कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषिजन्य सामग्रीको भण्डारण, बजारीकरणमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्