२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजारमा झण्डै २६ अंकको वृद्धि


208
Shares

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ ।

बजार परिसूचक झण्डै २६ अंकले बढेपछि नेप्से २ हजार माथि पुगेको छ भने कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ ।

कारोबारको पहिलो घण्टामा सामान्य अंकले घटेपछि बढ्न सुरु गरेको बजार २५ दशमलव ९३ अंकले बढेको हो ।

वित्त उपसमूह बाहेक १२ वटा उपसमूह आज बढेका छन् । विकास बैंक उपसमूह सर्वाधिक ४ दशमलव ८० प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन उपसमूह २ दशमलव ५३ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । केही दिन यता सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको पोखरा फाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक ७ दशमलव १८ प्रतिशतले घटेको छ ।

मंलबार ३२० वटा कम्पनीको एक करोड १८ लाख कित्ता शेयर ४ अर्ब ८० करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको सर्वाधिक १८ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ ।