
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताउनुभएको छ ।
मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनुभएको हो ।
मन्त्री गिरीले राजनीतिक स्थायित्व नहुँदा विकास, सुशासन र समृद्धिका एजेन्डाहरु ओझेलमा परेका भन्दै यसको समाधान राजनीतिक स्थायित्वबाट मात्रै हुने बताउनुभयो । उहाँले उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनुभयो । उहाँले माओवादी केन्द्रसँगको गठबन्धनका कारणपनि इलाममा भारी मतान्तरले जित्न सकिएको बताउनुभयो ।
मन्त्री गिरीले अहिलेको निर्वाचनमा प्राप्त मतहरु थिगिँ्रदै गएर भविष्यमा दुई, तीनवटा धारहरु मात्रै मुल प्रवाहमा रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्