
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।
महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरुले सो अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै उनीहरुलाई त्यसमा जोडने कुरामा सरकारले भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो अभियानमा एमालेको तर्फबाट सरकारलाई साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको आंैल्याउँदै उहाँले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिनुभयो । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाई थियो ।
महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवद्र्धन गर्ने नीतिलाई आत्मासात गरेर अघि बढनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्