
काठमाडौ । नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो ।
स्वर्गीय किरणको बिहिबारनै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । किरण वि.सं. २००५ सालमा निजामती सेवामा प्रवेश गर्नु भएको थियो । पछि उहाँले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा रहेर सेवा गर्नुभएको थियो ।
२०४१ सालमा सचिव बन्नुभएकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गर्नुभएको थियो । उहाँ २०४६ सालमा सेवा निवृत्त हुनुभएको थियो । किरण सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्