६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सूचनाको श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन् : सन्तोष परियार


403
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक परियारले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताउनुभयो ।

प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरु नै विश्वास गुमाउन थालेको बताउनुभयो ।