६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुनको मूल्यमा गिरावट


5.577k
Shares

काठमाडौं । सुनको मूल्य तोलाको ११ सयले घटेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर १ लाख ३५ हजार ४ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार २ हजारले बढेर १ लाख ३६ हजार ५ सय कायम भएको थियो । बुधबार एकै पटक २७ सयले घटेको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलाको १६ सय ४५ मा नै स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स २३ सय १० डलर आसपासमा कारोबार भैरहेको छ ।