
काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार २०८० बाट प्राध्यापक डा. उषा ठाकुरलाई सम्मान गरिने भएको छ ।
यसैगरि युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।
युग कवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले विज्ञप्ती जारी यसबारे जानकारी गराएको हो ।
अध्यक्ष वैरागी काइलाको अध्यक्षमा भएको बैठकले युग कवि सिद्धिचरण श्रेष्ठको १ सय १३ औं जन्मजयन्ती आउँदो जेष्ठ ९ गते विशेष कार्यक्रम सो पुरस्कारहरु प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्