३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


जापानकी विदेशमन्त्री आज नेपाल आउँदै


143
Shares

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको खाज नेपाल खाउँदै हुनुहुन्छ । उहाँ एक दिने नेपाल भ्रमणमा लागि आज नेपाल आउन लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार जापानी विदेशमन्त्री कामिकावाले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै उहाँले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

विदेशमन्त्री कामिकावा आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि यो पहिलो पटक हो ।