२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


728
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज गण्डकी प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

गत चैत २५ गते प्रदेशसभाको मुख्यमन्त्री पदमा नियुक्त हुनु भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री अधिकारीले मत लिनका लागि आज दिँउसको ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गर्नुहुनेछ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादित बनेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखसहितलाई गणना गरेर मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया नै खारेज गर्न माग गरेकोमा सर्वोच्च अदालतले पाण्डेको रिट खारेज गर्दै अधिकारीलाई विश्वासको मत लिने प्रक्रियामा जान आदेश दिएको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर सत्तारुढ दलहरुले भने सभामुख तटस्थ हुने भएकाले उनको गणना नगरी ५९ प्रदेशसभा सदस्यमध्येबाट बहुमत पुर्‍याए हुने दाबी गरिरहेका छन् । यसरी ३० जनाको समर्थन भएमा मुख्यमन्त्रीले विश्वासको मत पाएको मानिने उनीहरुको भनाइ छ ।