
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता, समितिले संघीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरुबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्