
काठमाडौं । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विक रहेका छन् ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्