
काठमाडौं । ललितपुरमा आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् ।
ललितपुर महानगरपालिका–१७ स्थित एउटा टहरोमा शनिबार राति आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आगलागीबाट घाइते हुनेहरुमा सञ्जय गिरी र उनकी श्रीमती रुपा गिरी, १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीलाई उपचारका लागि किस्ट अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
मोबिल स्टोर रहेको टहरोमा आगलागी भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्