
फाइल तस्बिर
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावलोकन हेर्न नमिल्नेमा सूचीमा परेको छ ।
क्रिकेटर लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलामा मुद्दाको सुनुवाइ तोकिए पनि मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिइएको थियो । मुद्दा अर्को साताका लागि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्