२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको दावी


1.261k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको दावी गरिएको छ ।

प्रदेशसभामा आइतबार साँझ भएको मतदानमा मूख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमा ३० जना सांसदले समर्थन जनाएका थिए । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले समेत मूख्यमन्त्रीको पक्षमा मत हाल्दै मूख्यमन्त्रीको पक्षमा बहुमत पुगेको र उहाँले विश्वासको मत पाएको घोषणा गरिएको हो ।

सभामुखले पक्ष र विपक्षमा बराबर मत परे मात्रै निर्णायक मत हाल्ने संवैधानिक ब्यवस्था विपरित गण्डकीका मूख्यमन्त्री धितालले मतदान गर्नुभएको हो । विपक्षी नेपाली कांग्रेसको हो–हल्लाका बीच सभामुख धितालले सर्वोच्च अदालतले बैशाख १७ गते गरेको व्याख्या र संविधानको धारा १८६ अनुसार आफूलाई पनि मत हाल्ने अधिकार रहेको दाबी गर्दै मूख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो ।

मूख्यमन्त्री अधिकारीको पक्षमा एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसद दीपक मनाङ्गेको मत परेको थियो । कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका थिए भने राप्रपाका दुई सांसद तटस्थ बसेका थिए ।