
बैतडी । दाङ घर भएका एक युवक बैतडीमा मृत फेला परेका छन् ।
दाङको भालुवाङ घर भएका २१ वर्षीय दिपेन्द्र घर्तीमगर जिल्लाको पाटन नगरपालिका ६ को मुख्य बजारको पछाडी मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।
लामो समयदेखि सरसरफाइको काम गर्दै आएका दिपेन्द्र स्थानीय दिलबहादुर चन्दको पुरानो घर पछाडि फेला परेका हुन् । पुरानो जीर्ण घरमा बस्दै आएका दिपेन्द्रको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्