२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायलले लगायो अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध


767
Shares

एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो ।

इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायलविरुद्ध समाचार सम्प्रेषण गरी पक्षपात गरेको आरोप लगाउँदै आएको थियो । अल जजिरा च्यानल कतार सरकारको स्वामित्वमा रहेको नेटवर्क हो ।

गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा दिनहुँ जसो इजरायलको आलोचनाका समाचारहरु सम्प्रेषण गरेको भन्दै इजरायलले विरोध जनाउँदै आएकोमा अहिले प्रतिबन्ध लगाएको हो ।

इजरायली प्रधानमन्त्री बेज्जामिन नेतान्याहुले यस च्यानललाई आतंकवादीद्वारा नियन्त्रित च्यानल भनि व्याख्या गर्दै यसमाथि प्रतिबन्ध लगाउन पाउँदा आफुलाई आत्म सन्तुष्टी मिलेको प्रतिक्रिया दिनुभएको छ ।