७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


वनमा डढेलो लगाउनेलाई ड्रोन क्यामेराबाट निगरानी


3.393k
Shares

सिन्धुली । सिन्धुलीका वनमा डढेलो सल्काउनेलाई ड्रोन क्यामेराको सहयोगबाट समातिने भएको छ ।

डिभिजन वन कार्यालय मरिण सिन्धुलीले वन–जंगलमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारवाही गर्न वनमा ड्रोन उडाउन सुरु गरिएको हो । ड्रोन क्यामेराको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले बताउनुभयो ।

वन–जंगलमा डढेलो नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि नियन्त्रण नहुदा नयाँ विकल्पका रुपमो डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सामुदायिक वनमा ड्रोन उडाइएको जनाइएको छ ।

सिन्धुलीको ९ वटा स्थानीय तहमध्ये ४ वटा गाउँपालिका मरिण, हरिहरपुरगढी, घ्याङलेख, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १ नम्बर वडामा डढेलो नियन्त्रण गर्न ड्रोन क्यामेराको प्रयोग गरिएको छ ।

डिभिजन वन कार्यालय मरिणले आगो लगाउने व्यक्तिको पहिचानका लागि ड्रोनको प्रयोग भएपछि वन डढेलो नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

माघ महिना यता सिन्धुली जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलभन्दा बढी वनमा डढेलो लागेको छ ।