१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनता समाजवादी पार्टीलाई आयोगले दियो मान्यता


0
Shares

काठमाडौं । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालबाट फुटेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

अशोक राइको अध्यक्षतमा नयाँ पार्टी दर्ता भएको हो ।

सो समूहले हिजो नयाँ दल दर्ताका लागि निवेदन दिएकोमा आयोगले दल दर्ता गर्ने निर्णय गरेको हो । नयाँ पार्टीमा प्रतिनिधि सभाका ७ जना सांसद रहेका छन् ।

आयोगले राजनीतिक दल सम्बन्धि ऐन २०७४ को दफा ३३ तथा राजनीतिक दल सम्बन्धि नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको जनाएको छ ।

आयोगले नयाँ दल दर्ताको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णय गरेको छ ।