
फाइल तस्बिर
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।
खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार साँझ ४ बजेर ५० मिनेट जाँदा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।
प्रतिक्रिया दिनुहोस्