
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले ९ बजे बैठक बस्ने रास्वपाले जनाएको छ ।
बैठकमा यही वैशाख २८ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने छ । त्यसैगरी आगामी बजेट अधिवेशन, सरकारको नीति कार्यक्रम र पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुने छ ।
इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा बैठकमा हुने बताइएको छ । यस्तै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्