
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भुमिकाबारे छलफल गरेको छ ।
मंगलवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताउनुभयो । उहाँले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको बताउनुभयो ।
सांसद झाले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुपमा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको बताउनुभयो । उहाँले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजिवी, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रश्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि बताउनुभयो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम अहिलेसम्म जुन किसिमले तयार भएको छ, त्यो तयार भएको नीति तथा कार्यक्रममा बजेटको अधिवेशनमा हामीले तयारी गर्ने र बजेटको अधिवेशनमा तयारी गर्दैगर्दा हामी सम्बन्धित दलको ४ वटा मन्त्रालय रहेको छ, मन्त्रालयमा पनि हामी कठोर रुपमा प्रस्तुत हुने । हाम्रो पार्टीले प्रतिनिधित्व गरेको मन्त्रालय हो, त्यसैले गर्दा यो बाहेकको छलफल गरौँ भन्ने नराखेर राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्ने त्यसरी नै प्रश्तुत हुने, प्रतिनिधित्व गर्ने भन्ने छलफल भयो । बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक छ ।’
सांसद झाले सबै राजनीतिक दलहरु स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निष्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्