१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


यस वर्ष आगलागी र चट्याङबाट २७ जनाको मृत्यु


130
Shares

काठमाडौं । यस वर्ष आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ । वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको हो ।

वैशाख १ गतेदेखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ जना तथा चट्याङ लागेर तीनजनाको मृत्यु भएको र ९० जना घाइते भएको जनाइएको छ ।

प्राधिकरणले भूकम्पपीडितका लागि मात्र अस्थायी घर बनाउन उपलब्ध गराउँदै आएको आर्थिक सहयोग अग्निपीडित परिवारलाई पनि गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ ।