१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा


0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै सञ्चारमन्त्री शर्माले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अहिले आफ्नो पार्टीको प्रधानमन्त्री भएका कारण आफूहरुले त्यस्तो नभएको प्रस्ट्याउँदै उहाँले प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

सञ्चारमन्त्री शर्माले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनेगरी ल्याइएको बताउनुभयो । उहाँले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्ष बिनाको निर्णय मनासिब नहुने धारणा राख्नुभयो ।

सञ्चारमन्त्री शर्माले विधेयकलाई समिति र संसदले सहमतीपूर्वक अगाडि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पार्नुभयो ।