
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताउनुभयो । उहाँले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताउनुभयो । उहाँले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले नारायणहिटी दरबारलाई सरकारी अरु निकायहरु राख्ने नभइ विश्वभरले अध्ययन गर्ने थलोको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्