१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुद्दा मिलाईदिने भन्दै ठगी गर्ने एक जना पक्राउ


0
Shares

काठमाडौं । कारागारबाट कैदी छुटाईदिने तथा अदालतमा पनि मुद्दा मिलाईदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ओखलढुङ्गाको सुनकोशी गाउपालिका १ घर भैइ काठमाडौंको पेप्सिकोला बस्ने ३७ वर्षिय कृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङ्गबाट सात लाख रुपैयाँ लिएर फरार भएको उजुरी प्रहरीमा परेको थियो । यस्तै धादिङका भरत गुरुङबाट पनि ललितपुर जिल्ला अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै २३ लाख रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार्कीलाई काठमाडौंको सोल्टीमोडबाट पक्राउ गरेको जनाएको छ ।