
काठमाडौं । शेयर बजार बुधबार करिब स्थीर रहेको छ ।
बजार परिसूचक शून्य दशमलव २१ अंकले घट्दै नेप्से १९ सय ६० विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये चार वटा उपसमूहको परिसूचक बढेको छ भने नौ वटा उपसमूहको परिसूचक घटेको छ ।
वित्त उपसमूह सर्वाधिक ३ दशमलव ११ प्रतिशतले बढेको छ भने लघुवित्त उपसमूह परिसूचक २ दशमलव ७६ प्रतिशतले बढेको छ । त्यसैगरी जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक भने एक प्रतिशतभन्दा बढीले घटेका छन् ।
बुधबार इन्फिनिटी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, दोल्ती पावर र समता लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर कुमारी सबल योजनाको इकाईको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बुधबार ५८ लाख ७४ हजार कित्ता शेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा बुधबार फस्ट माइक्रोफाइनान्सको सर्वाधिक १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्