२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा आज पेसी


208
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गर्नु भएको रिटमा आजका लागि पेसी तोकिएको छ ।

प्रदेश सरकारले पाएको विश्वासको मतको विषयमा आपत्ति जनाउँदै नेपाली काँग्रेसले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो ।

दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरालाई विपक्षी बनाइएको छ ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भएको भन्दै घोषणा गरेपछि कांग्रेसले रिट दायर गरेको थियो ।