२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य अंकको वृद्धि


0
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ ।

दिनभरको उतार चढावका बीच नेप्से ५ अंकले बढेर बजार १९ सय ६६ मा पुगेको हो ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार देखिएको छ । बैक, वित्त, होटल तथा पर्यटन, निर्जिवन बिमा लगायत १० वटा उपसुचक सामान्य अंकले बढ्दा जीवन बिमा, उत्पादन र लघुवित्त समूह ओरालो लागेका छन् ।

बिहीबार १ सय १५ कम्पनीको मूल्य बढ्दा १ सय १५ वटै कम्पनीको शेयर मूल्य घटेको छ । बिहीबार ३ सय १३ कम्पनीको ७० लाख कित्ता शेयर ३ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । शेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन् । अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ ।