३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


डढेलोबाट रामेछापमा ४ हजार ५ सय हेक्टर वन नष्ट


78
Shares

काठमाडौं । रामेछापका ८ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट एक महिनामा ४ हजार ५ सय हेक्टर वन नष्ट भएको छ । डढेलो सबैभन्दा बढी दोरम्बा शैलुङ गाउँपालिकामा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको कार्यालयले जनाएको छ । वनमा लागेको आगोले जलेर दुई जनाको मृत्यु भएको छ भने वन्यजन्तु पनि प्रभावित भएका छन् ।

स्थानीय प्रशासनले वनमा आगो लाग्न नदिन र त्यसबाट हुनसक्ने क्षतिबारे सर्वसाधारणलाई सचेत गराएको छ । साथै वनमा आगो लगाएमा कारवाही हुने र वन र वन्यजन्तु संरक्षण गर्न समेत आग्रह गरिएको छ ।