६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ


1.3k
Shares

काठमाडौं । दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजना बुटवल घर भएका पुरुष रहेका प्रहरीले जनाएको छ ।

यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।