२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


अहिलेको राजनीतिले संघीयता बचाउन सकिँदैन : सचिव झाँक्री


923
Shares

काठमाडौं । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बतानुभएको छ । बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सचिव झाँक्रीले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताउनुभयो । उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गर्नुभयो । उहाँले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।

सचिव झाँक्रीले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गर्नुभयो ।

सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताउनुभयो । नेपालका ४० लाख मानिसहरु विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गर्नुभयो ।