२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छ : नेता दाहाल


0
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता दाहालले यस्तो बताउनुभएको हो ।

नेता दाहालले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको शुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल शुरु भएको आरोप लगाउनुभयो । उहाँले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताउनुभयो । उहाँले नेपाली कांग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न कांग्रेसलाई आग्रह गर्नुभयो ।

नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ति विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताउनुभयो । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंका लागेको बताउनुभयो । उक्त विधेयकको बारेमा अविलम्व छलफल प्रारम्भ गर्न आग्रह गर्नुभयो ।